फिल्म ‘फर्की फर्की’ को `अन्तिम माया ´ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन् l नरेन लिम्बुको आवाज, शब्द र संगीत गीतमा रहेको छ । रोहित अधिकारी र ओम अग्रवालले निर्माण गर्न लागेको फिल्मको निर्देशन सुयोग गुरुङले गर्दै छन् । साथै, फिल्मको लेखन पनि निर्देशक स्वयमकै रहेको छ ।
फिल्ममा अनमोलको अपोजिट्मा नायिका जसिता गुरुङ छिन् । फिल्मको सह-निर्माताको रुपमा मनोज वली र राम न्यौपाने छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको सङ्गीत, रोमन बज्राचार्यको ब्याकग्राउन्ड स्कोर र निर्देशक गुरुङ स्वयंको सम्पादन रहनेछ । फिल्म लभ स्टोरी कथावस्तुमा निर्माण भएको छ ।जेठ १० गतेबाट फिल्म रिलिजमा आउने छ ।