आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको हो । उक्त ठाउँमा फिल्मलाई दर्शकको राम्रो साथ मिलेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि फिल्मले राम्रो व्यापार गरेको छ । शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए ।साथै ,निर्माण टिम अबशनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ । फिल्मले मल्टिप्लेक्सहित ठूला चेनमा उच्च शो पाएको छ ।क्यूएफएक्सले अग्रिम बुकिङ खुला गर्दा नै देशभरका आफ्ना आउटलेटमा ‘मनसरा’लाई ६९ शो दिएको थियो । काठमाडौंमा २८ र मोफसलमा ४१ शो प्रदान गरेको थियो । यो उच्च शो संख्या हो ।वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले १४ शो दिएको छ । अन्य मल्टिप्लेक्सले पनि यो फिल्मलाई उच्च शो दिएका छन् ।फिल्ममा प्रविण खतिवडा, दयाहाङ राई, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।फिल्मको कथा निर्देशक उपेन्द्र सुब्बाकै रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ ।