फिल्म ‘खजुरे ब्रो’ को प्रिमियर आयोजना गरिएको छ । पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको डेब्यु रहेको फिल्मको गत मंगलबार प्रिमियर आयोजना गरिएको हो । काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा भएको प्रिमियरमा फिल्मकर्मी देखी पत्रकारहरुसम्मको उपस्थिति रहेको थियो ।अभिनेत्री सन्ध्या केसीले नीतिको अभिनय ‘नेचुलर’ रहेको भन्दै प्रशंसा गरिन् । ‘नीतिको अभिनय ‘नेचुरल’ छ । उसलाई ठूलो पर्दामा देख्दा रमाइलो लाग्यो ।यसै गरी अभिनेत्री शुभेक्छा खड्काले सिनेमा रमाइलो बनेको प्रतिक्रिया दिँदै नीतिलाई पर्दामा हेर्दा खुसी लागेको बताइन् ।सुरज सुनुवारको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ ।
नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको फिल्ममा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् । डायमण्ड उप्रेती फिल्मका कार्यकारी निर्माता हुन् ।यही शुक्रबारबाट फिल्म प्रदर्शनमा आउदै छ ।