फिल्म `लाज शरणम´ को रिलिज मिति तोकिएको छ । निर्माण टिमले फागुन १४ यानिकी महाशिवरात्रीको दिनलाई फिल्म रिलिज गर्ने योजना बनाएका हुन् ।हाँस्य टेलिसिरियलमा सफल मानिएको ‘सक्किगोनि’को टिमले निर्माण गर्न लागेको फिल्म यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको छ । फिल्ममा कलाकारहरु कमलमणी नेपाल, दीपक आचार्य, सागर लम्साल, हरिश निरौलाको पनि अभिनय रहने छ ।सक्किगोनि’कै दुई मुख्य पात्र कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को समुहले फिल्मलाई निर्देशन गर्ने छ्न ।