फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ । फिल्मका अर्का प्रेमजोडी कवीर खड्का र गरिमा शर्माबीचको सम्बन्धलाई पनि टिजरमा देखाइएको छ ।
घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रुष्मा थापा, लोकविक्रम मल्ल, मनीष गान्धी, मनीष श्रेष्ठ लगायतको पनि अभिनय छ । अमित बस्नेत निर्माता रहेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्मातामा छन् । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्म्स लिमिटेडले निर्माणमा सहकार्य गरेका छन् ।‘लण्डन टू पेरिस’मा अभेद परव र कुनाल कदमको छायांकन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन रहेको छ । जेठ २५ बाट फिल्म प्रदर्शन हुँदै छ ।