फिल्म ‘महाजात्रा’ले ५१ औं दिन पूरा गरेको छ । गत वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्मले शनिबार काठमाडौं र मोफसल गरी ९ वटा हलमा ५१औं दिन मनाएको हो । फिल्मले काठमाडौं अन्तर्गत क्यूएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज्, आइएनआइ, वान सिनेमाज्, बीएसआर मुभिज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज् र मोफसलतर्फ नेपालगञ्जस्थित सिने रोयलमा ५१औं दिन मनाएको हो । प्रदीप भट्टराईकै लेखन र निर्देशन रहेको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दिव्य देव, गौमाया गुरुङ, सुमन कार्की लगायतको अभिनय छ ।