फिल्म ‘एक्टर’को छायाङ्कन सुरु भएको छ। पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो। राजन भुसालको निर्देशनमा बन्दै गरेको यस फिल्ममा प्रदिप खड्का, दिव्या रायमाझी र आना शर्माको प्रमुख अभिनय रहने छ । पोखरामा १० दिनको छायाङ्कन तालिका रहेको बताइएको छ। त्यसपछि करिब एक महिना काठमाडौंमा छायाङ्कन हुनेछ। आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुने यो फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन्।प्रदिप खड्का, दिव्या रायमाझी र आना शर्माकोको अलावा फिल्ममा राज वल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरूको पनि अभिनय रहने छ।