चलचित्र 'फाटेको जुत्ता' भोलि(कार्तिक १७)बाट प्रर्दशनमा आउंदैछ । सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रबिन्द्र झा, अनोज पाण्डे लगायतको मुख्य भूमिका रहेको उक्त चलचित्र दर्शक माझ बहुप्रतिक्षित बनिरहेको छ । चलचित्रमा बर्षा राउत, दयाहांग राई पनि सरप्राइज प्याकेजको रुपमा रहेको बुझिएको छ । अब्बल म्युजिक भिडियो निर्देशकको रुपमा आफुलाई स्थापित गरिसकेका निर्देशक निकेश खड्काले चलचित्रलाई निर्देशन गरेका हुन् । निकेशको काधमा अहिले अवसर र चुनौती दुवै रहेको छ । १०० बढी सिनेमा पर्दामा प्रर्दशन हुन लागेको चलचित्र 'फाटेको जुत्ता'को ५ मुख्य आकर्षण पक्ष यस्ता रहेका छन् ।
१.ट्रेलर प्रतिक्रिया
करिब डेढ महिना अघि सार्बजनिक 'फाटेको जुत्ता'को ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया बटुली रहेको छ । हालसम्म चलचित्रको ट्रेलरलाई यु-ट्युबमा ११ लाख भन्दा बढी पटक हेरिसकिएको छ जसमा अधिकांश प्रतिक्रिया सकारात्मक रहेको छ ।
२.'I am Sorry' गीतको चर्चा
'फाटेको जुत्ता'को रुचाईएको अर्को पक्ष भनेको यसको गीत संगीतको पक्ष हो, चाहें त्यो 'चोली' बोलको गीत होस् या 'I am Sorry' । अझ 'I am Sorry' बोलको गीतले दर्शक माझ छुट्टै चर्चा बटुल्न सफल भएको छ । सार्बजनिक भएसंगै दर्शकले उक्त गीतलाई रुचाएका थिए । अहिले सम्म 'I am Sorry'लाई यु-ट्युबमा मात्रै ५७ लाख भन्दा बढीले हेरिसकेका छन् I
३.कलाकारको स्टारडम भ्यालु
नायक सौगात मल्ल र नायिका प्रियंका कार्की अहिलेका चर्चित कलाकार मध्यमा पर्छन् । चलचित्र 'फाटेको जुत्ता'को अर्को आर्कषण पक्ष भनेको कलाकारहरुको स्टारडम भ्यालु पनि रहेको छ जसले सिनेमा हालसम्म दर्शकलाई तान्नमा ठुलो महत्व राख्छ ।

४.प्रचारप्रसार शैली
चलचित्र राम्रो बनाएर मात्र पुग्दैन त्यसको प्रचारप्रसार र वितरण पनि अर्को महत्वपूर्ण पाटो हो भन्ने कुरा चलचित्र 'फाटेको जुत्ता'का निर्माता अर्जुन कुमारले राम्ररी बुझेका छन् । त्यसैले पनि चलचित्रको प्रचारप्रसारमा उनले बिभिन्न सुत्र अपनाइरहेका छन् । चाहे त्यो सिभिल मलमा फाटेको जुत्ता लगाएर आउनेलाई नयाँ जुत्ताको अफर देखि अहिले सहरका मुख्य मुख्य चोकमा देखिने होर्डिङ बोर्डसम्म । चलचित्र फाटेको जुत्ता युनिटले प्रचारप्रसारमा कुनै कसर बाँकी राखेको छैन ।
५. सरप्राइज प्याकेज दयाहांग र बर्षा
चलचित्र युनिटले नायक दयाहांग राई र नायिका बर्षा राउतलाई सरप्राइज प्याकेजको रुपमा समाबेश गरिएको बुझिएको छ । हुन त सो कुरा प्रर्दशनको केहि हप्ता अघि निर्माण पक्षले खुलाइसकेको छ । निर्माणको समय देखि प्रचारप्रसारको प्रारम्भिक दिनमा पनि उक्त कुरालाई निर्माण पक्षले लुकाउन चाहेको थियो । त्यसैले पनि चलचित्रमा सरप्राइज प्याकेजको रुपमा रहेका दयाहांग र बर्षा दर्शकका लागि राम्रो खुराक बन्न सक्ने आश गर्न सकिन्छ ।


PROMOTED CONTENT :-