गायक रवी ओड पक्राउ परेका छन् । वैवाहिक बलात्कार मुद्दामा उजुरी परे पछि उनी पक्राउ परेका हुन् । ओडलाई केही महिना अघि श्रीमतीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । जिल्ला अदालत कञ्चनपुरले गायक ओडविरुद्ध वैवाहिक बलात्कार मुद्दामा पक्राउ पुर्जी जारी पनि गरेको थियो । 

पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो ।  उनी भेटिएका थिएनन् । तर आज ओडले आफैले प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।