अभिनेता अनमोल केसी र निर्माता तथा निर्देशक सन्तोष सेनबीच नयाँ फिल्ममा सहकार्य हुने भएको छ । एक्सन प्रधानमा निर्माण हुन लागेको फिल्म फिल्म २ सय वर्षअघिको कथामा बन्नेछ ।नेपाल-तिब्बतबीच सन् १८५५ मा युद्ध भएको थियो । त्यो युद्धलाई सन् १८५६ मार्चमा भएको थापाथली सन्धिले अन्त्य गरेको थियो । त्यस युद्धको क्रममा नेपाली सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बन्नेछ । फिल्मको कथाअनुसार अनमोल सैनिकको भूमिकामा देखिन सक्ने सम्भावना छ ।