बिगत लामो समयदेखि नेपाली गीतहरूको निर्माण गर्दै आइरहेको कम्पनी भवसागर इन्टरटेन्मेन्टले हिन्दी गीत 'तस्बिर' सार्वजनिक गरेको छ ।
अम्बिका गुरुङको शब्द रचना र शंकर थापा 'स्माइल'को कर्णप्रिय सङ्गीतमा तयार 'तस्बिर'गीतमा स्माइल दासको स्वर रहेको छ । गीतलाई याकुब तामाङले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई मनाङ्ग जिल्लाको उच्च हिमाली लोकेसनमा छायाङ्कन गरिएको छ ।
केशवराज भट्टको निर्देशनमा बनेको भिडियोमा प्रभातपाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको छ । भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी, मिलन श्रेष्ठ र बन्दे प्रसादको सम्पादन रहेको छ ।