चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपूत र मुकुन भुसाल पछि थप ३ कलाकार जोडिएका छन् । अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गरेको हो ।
सोसल–ड्रामा बन्ने चलचित्रका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ । चलचित्रका लेखक तथा निर्देशक सरोज पौडेल हुन् ।
जेठको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी गरेको चलचित्रको लागि अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेको छ ।
चलचित्रको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि चलचित्रको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले चलचित्रलाई वि.सं . २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।