असारको ७ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायाको खानी’ बोलको रोमान्टिक गीतमा मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोम रोमान्टिक देखिएका छन् । 

गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको सङ्गीत, प्रदीप प्रखर पोखरेलको शब्द छ । गीतलाई नेपाल र भारतका विभिन्न लोकेसनमा खिचिएको छ ।

रुपेश तामाङको निर्देशित चलचित्रमा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।