जेठ २५ गते रिलिजका लागी तम्तयार चलचित्र 'लण्डन टु पेरिस'को दोस्रो गीत 'चाहन्छु यो माया' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा एसडी योगीको सङ्गीत तथा राम अविरल बिस्टको शब्द रचना अनि सङ्गीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । रिकेश गुरुङ सङ्गीत निर्माता रहेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा साम्राज्ञी, निश्चल र गरिमाबिचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
घनश्याम लामिछाने निर्देशित चलचित्रमा ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल, गरिमा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको सङ्गीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् ।