चलचित्र ‘बोक्सीको घर’ले १० करोड ग्रस कलेक्सन गरेको छ । वैशाख १४ गतेबाट रिलिज भएको चलचित्रले गत शुक्रबारसम्म तीन हप्तामा १० करोडभन्दा माथि ग्रस कलेक्सन गरेको वितरक प्रचण्डमान श्रेष्ठले बताएका छन् ।
शुक्रबारबाट 'बोक्सीको घर' प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । हाल सम्म पनि ‘बोक्सीको घर’को अकुपेन्सी उच्च रहेको छ ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।
केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्माताका रूपमा केकीका बुवा बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।