चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल 'अधुरो प्रेम'मा आधारित रही चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित 'वर्ड टुर विथ साइग्रेस'को ६०औँ शृङ्खलामा यो चलचित्रको घोषणा गरिएको हो।
उक्त चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने भएको छ। घोषणा कार्यक्रम मा चलचित्रकोको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो। यस चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट 'अधुरो प्रेम' नै राखिएको छ। साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल 'अधुरो प्रेम' हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ।
आफ्नो कथामा चलचित्र बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए। शिशिरले दर्जनौँ म्युजिक भिडियोहरू र चलचित्रका गीतमा कोरियोग्राफी गरेका छन्। वि ।सं । २०८२ मा रिलिज लक्ष्य राखिएको यस चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन।