मेघा स्टार अनमोल के.सी अभिनीत चलचित्र 'फर्की फर्की' यही जेठ १० गते रिलिज हुँदै छ । चलचित्रको हाईप देखेर निर्माण टिम निकै नै उत्साहित छन् । चलचित्र 'फर्की फर्की'को अग्रिम बुकिङ्ग सुरु भइसकेको छ । चलचित्रले मुख्य मल्टिप्लेक्सहरुमा उत्साहजनक शो पाएको छ ।
यता चलचित्रको ट्रायल सो हेरेका निर्देशक निश्चल बस्नेतले 'फर्की फर्की'को खुलेर तारिफ गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले चलचित्र सुपर हिट हुने प्रतिक्रिया दिए।
निश्चल बस्नेत लेख्छन्- "फर्की फर्की हेरियो ,
मज्जा आयो फिल्म हेरेर ,
रमाइलो Time loop हेर्न मन भए Booking खुलिसक्यो है।
Suyog Gurung कडा छ Direction. I loved it.
Narendra Mainali Cinematography बबाल छ ।
Anmol Kc को best Performance till date .
Rohit Adhikari बोरा छ नि पैसा राख्नलाई ?
Best Wishes team . "
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।