आज शुक्रवार नेपाली चलचित्र ‘फाटेको जुत्ता’ प्रदर्शनमा आएको छ । निकेश  खड्काको निर्देशन रहेको चलचित्रले मल्टिप्लेक्समा ३५ सो पाएको छ भने सिंगल स्किृनमा पनि धेरै सो पाएको छ । अभिनेता सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्रको गीत, ट्रेलर, संवादको कारण चर्चामा रहेको थियो ।

 

कमेडी जनरामा बनेको चलचित्रको शुक्रवार बिहान प्रेस सो राखिएको थियो । जसमा फाटेको जुत्ताले तारिफ पाएको छ । अर्जुन कुमारको निर्माण रहेको चलचित्रमा मधेसी जनजीवनलाई देखाइएको छ । चलचित्रमा सौगात र प्रियंकाको साथमा दयाहाङ राई, वर्षा राउत, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ ।