चलचित्र 'फर्की फर्की ' भोलीबाट विश्वव्यापी रूपमा प्रदर्शन हुँदै छ । मेगा स्टार अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको उक्त चलचित्रको आज बुधवार ग्राण्ड प्रीमियर गरिएको छ । 

ग्राण्ड प्रीमियरमा चलचित्रका कलाकारहरू, निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी लगायत चलचित्र क्षेत्रका अधिकांश परिचित व्यक्तित्वहरूको उपस्थिति रहेको छ। ‘फर्की फर्की’मा अनमोल र जसिता का अलावा निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याल लगायतको अभिनय छ । 

cinepati cinepati cinepati cinepati