जेठ १० गतेबाट रिलिज भएको चलचित्र 'फर्की फर्की'ले बिहीबार र शुक्रवार झैँ शनिवार पनि काठमाडौँ उपत्यकासहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ । उपत्यकासहित देशभरका हलमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न दर्शकको सङ्ख्या अधिक छ ।
काठमाडौँ उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाज सहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउस फूल छन् । निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरूमा पनि फिल्मप्रति दर्शकको उल्लेख्य उपस्थिति छ ।
दर्शकमाझ फिल्म आएपछि फिल्मका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन् ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।