चलचित्र 'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मा डेव्यु अभिनेता निश्चल, अभिनेत्री साम्राज्ञी र गरिमा बिच को त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
घनश्याम लामिछाने निर्देशित 'लण्डन टु पेरिस'मा ट्राभल लभ स्टोरीको कथा प्रस्तुत गरिएको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कबिर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही चलचित्रबाट डेब्यू गरेका हुन् ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको सङ्गीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदै छ ।