यही जेठ १९ गते शनिवार भक्तपुर राधे राधे स्थित हेरिटेज प्यालेसमा साङ्गीतिक कार्यक्रम 'मीड भक्तपुर म्युजिकल फेस्ट' हुने भएको छ ।
'आफ्नो टिकट'ले आयोजना गरेको उक्त म्युजिकल फेस्टमा जोन एन्ड लोकलस् , सुशान्त घिमिरे एन्ड राघा, दि सर्माउन्ट नेपाल र अमेध्यं ब्यान्ड लगायतको प्रस्तुति रहने बताइएको छ।
'मीड भक्तपुर म्युजिकल फेस्ट' १ बजेबाट सुरुवात हुने र हेर्न चाहने दर्शकले 'टिकट सञ्जाल' मार्फत अनलाइन टिकट काट्न सक्नेछन्।
साथै सिद्दपोखरी स्थित होटल प्रिसा रुफटप रेस्टुरेन्ट, सुर्यबिनायक स्थित ड्यापरल्यान्ड गार्मेन्ट फ्याक्ट्री , प्रोजेक्ट हेड र म्युजिकल्ली नेपालको पनि उक्त कार्यक्रममा सहभागिता रहेको छ ।