चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । चलचित्रकालागि मुख्य भूमिकामा यस अघि नै गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गरिएको छ  ।
प्रकाश र मुकुनपछि अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको थियो ।

जेठ २१ गतेबाट छायांकनमा जाने तयारी रहेको यस चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशक रहने छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
'पूर्ण बहादुरको सारङ्गी'को प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ ।