जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'गाउँ आएको बाटो'को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको सङ्गीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।
चलचित्रको सार्वजनिक गीतमा कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।
निर्देशक नवीन सुब्बा निर्देशित उक्त चलचित्र ले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागिता जनाइसकेको छ । निर्देशक सुब्बाको यो तेस्रो चलचित्र हो ।
मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान चलचित्र महोत्सवमा समेत प्रशंसा बटुलेको 'गाउँ आएको बाटो'को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।