'अक्वा जुम्बा'ले तेस्रो वार्षिकोत्सवको अवसर पारेर 'बिट द हिट विद अक्वा जुम्बा' नामक कार्यक्रमको आयोजना गर्ने भएको छ । यही जेठ २६ गते शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म हात्तिगौँडा स्विमिङ पूलमा अक्वा जुम्बाको उक्त कार्यक्रम गर्न लागिएको हो ।

'जस्त एड वाटर एण्ड सेक' थीममा आयोजना हुने यो जुम्बा कार्यक्रममा नेपालकै सर्टिफाइड जुम्बा इन्स्ट्रक्टर श्रेणी खतिवडाले हजारौं जुम्बा पारखीहरुलाई नचाउने भएकी छिन् । लामो समयदेखि जुम्बा तथा फिटनेस प्रशिक्षणमा सक्रिय खतिवडा पछिल्लो तीन वर्षदेखि अक्वा जुम्बामा प्रशिक्षण दिइरहेकी छिन् ।

'बिट द हिट विद अक्वा जुम्बा'मा डिजे सेसनसमेत सञ्चालन गरिने छ । उक्त विशेष कार्यक्रममा अभिनेता गौरव पहारी लगायत अन्य सेलिब्रेटीहरुको समेत उपस्थिति रहने छ ।