अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘बटरफ्लार्इ’को छायाङ्कन सकिएको छ । केही दिन अघि कालिन्चोक, मुडे, दोलालघाट लगायतका स्थानमा चलचित्रको गीतको छायाङ्कन गरिएको थियो ।

रोमान्टिक गीतको छायाङ्कन भएसँगै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले बताएको छ ।

हालै छायाङ्कन गरिएको गीतमा आर्यन र प्रियंकाले बोल्ड सिन दिएका छन् । बटरफ्लाईलाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् भने पुष्पान्जली अधिकारी(सखा ), रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन् ।

सुरेश बज्राचार्यले खिचेको चलचित्रमा कोरियोग्राफी कविराज गहतराजको छ । आउँदो पौष २८ मा फिल्म रिलिज हुनेछ ।
