गन्धर्व परिवारको कथा बोल्ने चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'को छायाङ्कन सुरु गरिएको छ । चलचित्रको छायाङ्कन ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो भने ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेलले दिएका थिए ।
'पूर्ण बहादुरको सारङ्गी'मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
चलचित्रका लेखक तथा निर्देशक सरोज पौडेल हुन् भने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद , प्रशान्त सिवाकोटीको सङ्गीत र हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ ।
'पूर्ण बहादुरको सारङ्गी' २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने निर्माण पक्ष ले लक्ष्य राखेको छ ।