केही दिन अघि रिलिज गरिएको चलचित्र 'सतीदेवी'को टिजरले उत्साहजनक प्रतिक्रिया पाएको छ । चलचित्र 'सतीदेवी'को टिजरले परिवारको वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गरेको छ । सार्वजनिक टिजरको कमेन्टमा धेरैले चलचित्र हेर्न आतुर भएको प्रतिक्रिया दिएका छन् ।
आगामी साउन ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठको अभिनय रहेको छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको संयुक्त प्रस्तुति रहेको 'सतीदेवी'मा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।