वेब सिरिज 'साहु बा'को टिजर सार्वजनिक गरिएको छ । एपी वान टेलिभिजन र 'मोःमो म्युजिक एण्ड मूभिज' एपमा उक्त सिरिज रिलिज हुनेछ ।

'साहु बा'मा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफूले तीन वर्षभन्दा बढी समय दिएको बताउँछिन् ।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् । २४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढी कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ ।

यो वेब सिरिजलाई सुजय योङले निर्देशन गरेका हुन् । सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र राम प्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।