निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ चलचित्र 'पेनसनपट्टा' निर्देशन गर्ने भएका छन् ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् । माओत्से गुरुङ फिल्म्सको तर्फबाट डिबी गुरडिबी गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए ।
केही महिना अगाडि माओत्सेको निर्देशन रहेको चलचित्र 'दयारानी' रिलिज भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन र निर्देशनमा पनि होमिएका हुन् । उनी गुरुङ भाषाका चलचित्र पनि निर्देशन गर्दै आएका छन् ।