चलचित्र 'लण्डन टु पेरिस'को नयाँ गीत 'हतारले' रिलिज गरिएको छ । युट्युबमा रिलिज उक्त गीतमा चलचित्रका चार मुख्य कलाकार निश्चल खड्का, कवीर खड्का, गरिमा शर्मा र रुष्मा थापा फिचर्ड छन् ।
चलचित्रको सार्वजनिक गीतमा सलिन मगरको शब्द, सङ्गीत र स्वर रहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएको छ । बिशेषगरी डेव्यु अभिनेता निश्चल र साम्राज्ञीको कमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । साथै कथावस्तुलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
घनश्याम लामिछाने निर्देशित चलचित्रले ट्राभल लभ स्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको सङ्गीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व सङ्गीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय बस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।