आज शुक्रवार दुई नेपाली चलचित्रहरू 'दान्भी' र 'आचार्य' प्रदर्शनमा आएका छन् । 'दान्भी' रुपेश तामाङ निर्देशित चलचित्र हो भने र 'आचार्य'लाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन्।
पुजा शर्माको मुख्य भूमिका रहेको 'दान्भी’लाई मल्टिप्लेक्समा राम्रो शो मिलेको छ। क्युएफएक्सले राजधानीमा १६ र मोफसलमा ३१ वटा शो दिएको छ। एक्सन जनरामा बनेको चलचित्रमा पूजा सङ्गै कुन्साङ बोमजोम, किरण श्रेष्ठको मुख्य भूमिका रहेको छ।
यता, चलचित्र 'आचार्य' भने १५ वर्ष अगाडि निर्माण भएर अहिले पुनः प्रदर्शनमा आएको हो । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा चलचित्र आधारित छ। चलचित्रमा भक्तराज आचार्यको भूमिकामा सत्यराज आचार्यले अभिनय गरेका छन्।