दयाहाङ राई र मिरुना मगर अभिनीत 'घरज्वाइँ'को नयाँ गीत 'बिन्जुरी' रिलिज भएको छ। गीतमा एसडी योगीको सङ्गीत,स्वर र राम अविरल बिष्टको शब्द रहेको छ। 

प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रूपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो। 

अनिल बुढामगर चलचित्रका निर्देशक हुन्। चलचित्र असार २८ गते रिलिज हुँदैछ।  पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । चलचित्र सुसन प्रजापतिले खिचेका हुन । 

‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।