चलचित्र 'खुस्मा'को २ नयाँ प्रचार पोस्टर सार्वजनिक गरिएको छ। असोज ३ गते रिलिज हुने चलचित्र 'खुस्मा'लाई अशोक थापा मगरले लेखन तथा निर्देशन गरेका हुन् । 

चलचित्रमा मगर समुदायको पृष्ठभूमिमा प्रेमकथा प्रस्तुत गरिएको निर्देशक थापामगर बताउँछन् । 'खुस्मा' एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर,राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर तथा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन्। चलचित्रमा दिपक बज्राचार्यको छायाङ्कन रहेको छ । चलचित्रमा एसडी योगी र छान्जु पार्क (कोरियन) को सङ्गीत सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।  'खुस्मा'को यी दुई पोस्टर ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको हो ।