चलचित्र 'ईश्वर'को गीत 'डुब्दै डुब्दै थिएँ म' सार्वजनिक भएको छ । सार्वजनिक गीत मा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको छ भने भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा चलचित्रका कलाकार द्वय पृथ्वीराज प्रसाईँ र अनु शाह रोमान्टिक भावमा देखाइएको छ । 

साउन ११ गतेबाट रिलिज हुने चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाईँ, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईँ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । 'ईश्वर' लाई राजु गिरी ले निर्देशन गरेका हुन् ।

दिव्या कङ्गना फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ भने चलचित्रको वितरण आरआर फिल्मसले गर्दै छ ।