प्रियंकाको पोस्टर लुक सार्वजनिक गर्दै चलचित्र 'माइली'को घोषणा गरिएको छ । बाबु साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुबन्धित गरेको हो ।
सार्वजनिक पोस्टर लुकमा प्रियंकालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको 'माइली'मा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा 'माइली'मा देखाइनेछ’, निर्देशक बलामीले भने ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ असारको अन्तिमबाट छायाङ्कन गरिने निर्माण पक्ष ले जनाएको छ । चलचित्र मा शङ्कर अधिकारी 'घायल'को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाईँको सङ्गीत रहनेछ ।