चलचित्र 'नम्बरी सुन'को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिए पनि अब भने साउन २५ गते रिलिज हुने भएको छ ।
नारायण खातीको प्रस्तुति रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । चलचित्रका गीतमा राजेशपायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर छ ।
चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको सङ्गीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, राकेश दाहालको पोस्टर डिजाइन छ ।
चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।