लामो समय पछि चलचित्रमा कमब्याक गरेकी अभिनेत्री श्वेता खड्का अभिनित चलचित्र ‘कान्छी’को पहिलो गीत बिहीबार सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युवमा उक्त गीतमा ४ लाख बढीले हेरिसकेका छन् । ‘चरी चट्ट परि..’ बोलको उक्त गीतमा राजनराज सिवाकोटीको शब्द,सङ्गीत तथा स्वर रहेको छ भने उनलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् । सार्वजनिक गीतमा अभिनेत्री खड्काले अभिनेता दयाहाङ राईसँग नृत्य गरेकी छिन् । पहिलो पटक एकसाथ पर्दामा देखिएका दया र श्वेताको जोडीलाई दर्शकले रुचाएको देख्न सकिन्छ ।
गीतलाई वसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका हुन् । आकाश अधिकारी निर्देशित चलचित्रलाई अभिनेत्री खड्का स्वयमले निर्माण गरेकी हुन् । चलचित्रमा श्वेता र दयाको साथमा निर शाह, प्रज्जवल सुजल गिरी, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्र माघ २६ गते अल नेपाल रिलिज हुने तयारीमा रहेको छ ।