गायक रामकृष्ण ढकालको नयाँ गीत 'मायाको घर' सार्वजनिक भएको छ।
गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ। 'मायाको घर' एउटा सुमधुर गीत हो, जसमा समावेश बाबा र छोरीको कथाले दर्शकको मन छुन्छ।
गीतको भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी छन्। यसमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन्। भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिकामा अभिनय गरेका छन्।
भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ भने क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन्।