अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र 'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । 

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । चलचित्र असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।

चलचित्रका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ भने कृष्ण भण्डारीले सम्पादन रहेको  छ ।