नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र  ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्। सन् २०१५ देखि अमेरिकामा रहेकी उनले पछिल्लो चलचित्र ‘पिपल’मा अभिनय गरेकी थिइन्।

यो सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन्। यसमा बिमलेश आफैले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।

सिचुएशनल कमेडी-ड्रामा विधामा बन्ने यो सिरिज विवेक चम्लागाईंले लेखेको हुन् । सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरको कथा रहेको छ।

हाल पहिलो सिजन छायांकन भइरहेको यो सिरिज स्ट्रिमिङ हुने प्लाटफर्म भने खुलाइएको छैन। निर्देशक अधिकारीले पहिलो सिजन छायांकन पश्चात् मात्र यसबारे जानकारी दिने बताए।