चलचित्र 'डोली' रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईँ ‘ईश्वर’ मार्फत साउन ११ गतेदेखि दर्शकमाझ आउँदै छन् । निर्देशक राजु गिरी निर्देशित चलचित्रमा उनी ‘सागर’ पात्रको भूमिकामा छन् ।

‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक चलचित्र हो ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर चलचित्रमा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो चलचित्रमा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्‍यौँ’, उनी सुनाउँछन् ।

पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका चलचित्रमा निभाएका थिएनन् ।

'किस्मत २' मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।