असोजको ३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र 'आउटलः दफा २१९'को टिजर रिलिज गरिएको छ । ओएसआर डिजिटलबाट रिलिज भएको टिजरमा सुशिललाई एङ्ग्री एक्सन अवतारमा देख्न सकिन्छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अमित अग्रहरी निर्माताको रूपमा रहेका छन् । चलचित्रमा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
नवीन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन चलचित्रमा रहेको छ ।
'आउटलः दफा २१९'मा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।
सार्वजनिक टिजरमा चलचित्रको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् ।
टिजरमा सुशीलको इन्ट्री गज्जब छ । अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने देखिन्छ ।
चलचित्रको मेकिङ उच्च देखिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो चलचित्रले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माण पक्षको दाबी छ । चलचित्रको फस्टलुक रिलिज भएसँगै यसको चर्चा पनि चुलिएको थियो।