चलचित्र  'अगस्त्य : च्याप्टर–१'बाट प्रशंसा कमाएका निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र 'कर्मा'को निर्माण घोषणा गरेका छन्।

बिहीबार चलचित्रको थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने कथा पनि उनी स्वयंले लेखेका छन् । 'कर्मा' एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ ।

निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित ‘लभ डायरिज’ रिलिज भएको थियो । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा वसन्त लम्सालले लगानी गर्नेछन् ।

चलचित्रको कथावस्तु र कलाकारबारे निर्माण पक्षले अहिले जानकारी दिइएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी नै रहेकाले पछि जानकारी गराउने निर्देशक चौधरीले जानकारी दिए ।