चलचित्र ‘शत्रु गते’को यति बेला बिरगञ्जमा छायाङ्कन भइरहेको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गर्दै छन् । शुक्रवार चलचित्रको सुटिङ स्थलबाट केही तस्बिरहरू बाहिरिएका छन् । उक्त तस्बिरमा अभिनेत्रीहरु प्रियंका कार्की, दिपाश्री निरौला र आँचल शर्मा छन् । प्रियंकाले आफ्नो इन्टाग्राम एकाउन्टमार्फत उक्त तस्बिर पोस्ट गरेकी थिइन् । तस्बिरमा तिन जना नायिकाहरु सुन्दर देखिएका छन् ।

 मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीको संयुक्त निर्माण रहेको चलचित्रमा ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सहित दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरी पौडेल, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।