सलोन सलिना फिल्सस्को प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’को प्रिमियर गरिएको छ । सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड डकुड्रामा भदौ २ गतेबाट ओएसआर डिजिटल र विभिन्न ओटीटी टेलिभिजन प्लेटफर्मबाट प्रसारण हुँदै छ ।
केही समयअघि डकुड्रामा रहेको गीत ‘यो नजिकको कुरा’ सार्वजनिक भइसकेको छ । जसमा प्रताप दास र रचना रिमालको स्वर, आनन्द अधिकारीको शब्द र शम्भुजित बासकोटाको सङ्गीत छ ।
सलिना र आर्यनको प्रमुख भूमिकामा अभिनय रहेको डकुड्रामामा उमा कार्की, सुमिन गुरुङ, सुसान्त कुमार श्रेष्ठ, युना खड्का, समीर खान ,जय विनोद काफ्ले, सुनिल भण्डारी, शिव राज नेपाल, स्वरूप जङ्ग रायमाझी लगायतको अभिनय छ ।
डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामा मार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो ।
डकुड्रामामा रामजी राउतको निर्देशन छ । यसमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाङ्कन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको सङ्गीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको शृङ्गार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।