चर्चित गायक पशुपति शर्मा र गायिका शान्ति श्री परियारको स्वर समावेश तीज गीत 'झुम्का हरायो' सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्द तथा संगीत दुर्गेश थापाको छ । उक्त गीतको भिडियोलाई पनि दुर्गेश स्वयंमले निर्देशन गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा देख्न सकिन्छ भने दुई जोडी फिचर्ड गीतमा मोडल तथा तिब्बतीयन गायक पेमा लामासँग मोडल टर्न अभिनेत्री गरिमा शर्माले कम्मर मर्काएकी छिन् ।

उक्त गीतमा रुपेश थापाको छायाङ्कन छ भने सम्पादन मिलन विश्वकर्माको छ । नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेकी हुन् ।