चलचित्र 'द आउट लः दफा २१९'को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ ।चलचित्रको टिजरलाई दर्शकले निकै रुचाएका छन् । नायक सुशील श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, चलचित्रको मेकिङ्गको खुलेरै तारिफ भइरहेको छ ।

टिजर सार्वजनिक भएसँगै चलचित्रको विदेश अधिकार पनि विक्री हुन थालेको छ । चलचित्रको जापान अधिकार  विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ ।  

जापानमा चलचित्र वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले चलचित्र खरिद गरेको हो । कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले चलचित्रको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले चलचित्रको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।

असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरी निर्माता रहेको चलचित्रलाई साहिल खानले सम्पादन गरेका हुन् ।

निर्माणपक्षले अन्य देशमा पनि चलचित्र विक्रीका लागि कुरा भइरहेको जानकारी दिएको छ ।