गायक बिपी वाग्लेको नयाँ गीत ‘म छहारी हुँ तिम्रो’ सार्वजनिक गरिएको छ । डा. भोला रिजालको शब्दमा रहेको उक्त गीतलाई गायक आफैले कम्पोज गरेका हुन् भने रिकेश गुरुङ्ले एरेन्ज गरेका छन् l टीका पहाडी, अनुभव रेग्मी, सन्दीप श्रेष्ठ र अनुपम भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोलाई नवीन भट्टले निर्देशन गरेका हुन् l राजन लामाले खिचेको उक्त भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका छन् l