आगामी शनिवार 'पुर्ण राई एण्ड दाजुभाईहरु' र ट्राइबल रेन'ले ठमेल स्थित एल.ओ.डी क्लब मा प्रस्तुति दिने भएका छन् । 'जर्नी टु ट्रान्सेडेन्स ' नाम दिइएको उक्त कार्यक्रमलाई विस इन्टरटेन्मेन्टले आयोजना गरेको हो । उक्त कार्यक्रम बेलुकी ७ बजे बाट सुरु हुने र कार्यक्रमको टिकेट टिकेटसञ्जालबाट अनलाईन लिन सकिने आयोजकले जनाएको छ । कार्यक्रमलाई इभेन्टटेल्सले पनि साथ दिएको छ ।